1.9k
Shares
करको दर हेरफेर भएको आरोपबारे संसदमा विवाद चुलिँदै जाँदा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा देखिएका त्रुटि कर्मचारीहरूले रातभर काम गर्ने क्रममा भएको सामान्य गल्ती भएको बताएका छन्। उनले प्रतिशत, रकम र केही प्राविधिक विवरणमा त्रुटि भेटिएपछि सच्याइएको दाबी गरेका छन्।
तर विपक्षी दलहरूले कर दर परिवर्तनको जानकारी अर्थमन्त्री र सीमित अधिकारीलाई मात्र हुने भन्दै कर्मचारीलाई दोष दिन नमिल्ने बताएका छन्। उनीहरूले कर दर हेरफेर र सूचना चुहावटबारे संसदीय छानबिन समिति गठन गरी अर्थमन्त्रीमाथि अनुसन्धान गर्न माग गरेका छन्।