खेलाडीबाट खेल प्रशासनमा प्रवेश, विशाल श्रेष्ठ उपाध्यक्षसहित ५ पूर्व खेलाडीले सम्हाले जिम्मेवारी

2.6k Shares

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नेतृत्व तहमा पूर्व राष्ट्रिय खेलाडीहरूको प्रवेश भएको छ। पूर्व राष्ट्रिय फुटबल गोलरक्षक विशाल श्रेष्ठ राखेपको उपाध्यक्ष नियुक्त भएका छन् भने क्रिकेटका पूर्व खेलाडी शक्ति गौचन, टेबलटेनिस खेलाडी सिक्का सुवाल, चेस खेलाडी मोनालिसा खम्बु र फुटबलका पवन शाही सदस्य बनेका छन्। नवनियुक्त पदाधिकारीहरूले खेल क्षेत्रको अनुभवलाई नीतिनिर्माणमा प्रयोग गर्दै नेपाली खेलकुदको विकासका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सम्बन्धित समाचार