लियोनेल मेसीको ह्याट्रिक, विश्वकपमा क्लोजको १६ गोल कीर्तिमान बराबरी
1.8k
Shares
काठमाडौँ । विश्वविजेता अर्जेन्टिना का कप्तान लियोनेल मेसी ले विश्वकप इतिहासमा अर्को स्वर्णिम अध्याय थपेका छन्। अल्जेरियाविरुद्धको खेलमा सानदार ह्याट्रिक पूरा गर्दै उनले जर्मनीका पूर्वस्ट्राइकर मिरोस्लाभ क्लोज को सर्वाधिक १६ गोलको कीर्तिमान बराबरी गरेका हुन्।
आफ्नो ऐतिहासिक २०० औँ अन्तर्राष्ट्रिय खेल खेलिरहेका मेसीले सुरुदेखि नै मैदानमा जादू देखाए। खेलको १७औँ मिनेटमा रोड्रिगो डे पउल को पास नियन्त्रणमा लिँदै २५ यार्ड टाढाबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएपछि अर्जेन्टिनाले अग्रता लिएको थियो।
उमेरले ३९ वर्ष पुग्न लागे पनि मेसीको गोल उत्सव युवा खेलाडीको पहिलो विश्वकप गोल जत्तिकै उमङ्गपूर्ण देखिन्थ्यो।
खेलको ६०औँ मिनेटमा उनले टोलीको अग्रता दोब्बर बनाए। अलेक्सिस म्याक अलिस्टर को प्रहार अल्जेरियाका गोलरक्षकको नियन्त्रणबाट छुटेपछि फर्किएको बललाई मेसीले आफ्नो कम चल्ने दायाँ खुट्टाले सजिलै पोस्टतर्फ पठाए।
आक्रामक खेललाई निरन्तरता दिँदै मेसीले व्यक्तिगत तेस्रो गोल थपे र विश्वकप फुटबल इतिहासमा सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा आफूलाई अंकित गराए। १६ गोलसहित उनले क्लोजको कीर्तिमान बराबरी गरेका हुन्।
यसअघि खेलको सुरुवाती चरणमा अल्जेरियाका फारेस चेइबीले गरेको गोल भीएआरले अफसाइड ठहर गरेको थियो। चेइबीको अर्को एक कठिन प्रहारलाई अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेज ले उत्कृष्ट बचाउ गर्दै विफल पारे।
मेसीको कीर्तिमानी प्रदर्शन र ह्याट्रिकको मद्दतले अर्जेन्टिनाले विश्वकप अभियानमा सुखद सुरुआत गरेको छ।