लेबनानमा इजरायली आक्रमणपछि इरानद्वारा होर्मुज जलडमरूमध्य बन्दको घोषणा

2.9k Shares

काठमाडौँ । लेबनानमा इजरायलले गरेको आक्रमणपछि इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग मानिने होर्मुज जलडमरूमध्य बन्द गरेको घोषणा गरेको छ। तर अमेरिकाले भने उक्त मार्ग खुला रहेको र जहाजहरूको आवतजावत जारी रहेको जनाएको छ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले जलडमरूमध्य बन्द गरिएको भन्दै जहाजहरूलाई सो क्षेत्रमा प्रवेश नगर्न चेतावनी दिएको हो। इरानले लेबनानमा जारी इजरायली आक्रमणलाई युद्धविराम उल्लङ्घनको रूपमा व्याख्या गर्दै यस्तो कदम चालेको जनाएको छ।

यद्यपि अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सेन्टकम) ले इरानले जलडमरूमध्य नियन्त्रण नगर्ने र व्यापारिक जहाजहरूको आवागमन सामान्य रूपमा चलिरहेको स्पष्ट पारेको छ। अमेरिकी नौसेनाका प्रवक्ता क्याप्टेन टिम हकिन्सले अमेरिकी सेना समुद्री मार्गको सुरक्षा निगरानीमा रहेको बताएका छन्।

यस घटनाले हालै अमेरिका र इरानबीच भएको अस्थायी समझदारी तथा स्विट्जरल्यान्डमा तय गरिएको वार्तामाथि थप दबाब सिर्जना गरेको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्ससहित दुवै पक्षका प्रतिनिधिहरू वार्ताका लागि युरोप पुगेका छन्।

विश्वको करिब एक-पाँचौँ भाग तेल आपूर्ति हुने होर्मुज जलडमरूमध्यमा उत्पन्न तनावले अन्तर्राष्ट्रिय ऊर्जा बजार र क्षेत्रीय सुरक्षाप्रति पुनः चिन्ता बढाएको छ।

सम्बन्धित समाचार