विद्यार्थीको पठनपाठन सहज बनाउन एनआईसी एशियाको पोशाक वितरण

2.3k Shares

ललितपुर । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत ललितपुरको भट्टेडाँडास्थित श्री सातकन्या आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विद्यालय पोशाक प्रदान गरेको छ ।

विद्यार्थीहरूको पठनपाठनलाई सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले बैंकले उक्त सहयोग गरेको जनाएको छ ।

हाल १०२ भन्दा बढी विद्यार्थी अध्ययनरत विद्यालयमा आयोजित विशेष कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजित कुमार शाक्य र नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द दाहाल तथा प्रधानाध्यापक रामप्रसाद घिमिरेलाई संयुक्त रूपमा पोशाक हस्तान्तरण गर्नुभएको थियो ।

अरनिको एल्मुनाई एसोसिएसन, खुमलटारको सहजीकरणमा सम्पन्न कार्यक्रममा शिक्षक, विद्यार्थी तथा बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

बैंकका अनुसार उक्त सहयोगले विद्यार्थीहरूको पठनपाठनमा थप सहजता ल्याउनुका साथै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।

सम्बन्धित समाचार