एजेन्सी । बेलायतका प्रधानमन्त्री किर स्टार्मरले लेबर पार्टीको नेताबाट राजीनामा दिने घोषणा गरेका छन्। सन् २०२४ को आमनिर्वाचनपछि प्रधानमन्त्री बनेका स्टार्मरले नीतिगत यू–टर्न र बढ्दो जनअलोकप्रियताबीच सोमबार राजीनामाको घोषणा गरेका हुन्।
लन्डनस्थित ‘टेन डाउनिङ स्ट्रिट’ बाहिर सम्बोधन गर्दै उनले आफूले गरेका सबै निर्णय देशको हितलाई केन्द्रमा राखेर गरिएको बताए। उनले भावुक हुँदै भने, “मैले लिएका हरेक निर्णय मैले माया गरेको देशलाई पहिलो स्थानमा राख्ने उद्देश्यका साथ गरिएको हो। त्यसैले म लेबर पार्टीको नेताको पदबाट राजीनामा दिन्छु।”
स्टार्मरका अनुसार नयाँ लेबर पार्टी नेता चयन प्रक्रिया आगामी जुलाईमा सुरु हुनेछ। नयाँ नेता चयन नभएसम्म उनी प्रधानमन्त्रीकै जिम्मेवारीमा रहनेछन्। सेप्टेम्बरभित्र नयाँ नेता चयन हुने अपेक्षा गरिएको छ।
उनको कार्यकालमा नीतिगत परिवर्तन र घट्दो जनसमर्थनका कारण सरकार चुनौतीपूर्ण बनेको बताइएको छ।