काठमाडौं । खराब मौसमका कारण साढे दुई घण्टासम्म अवरुद्ध भएको खेलमा इराकलाई ३–० ले पराजित गर्दै फ्रान्स फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ।
लगातार दोस्रो जित निकाल्ने क्रममा फ्रान्सका लागि कप्तान केलियन एमबाप्पेले दुई गोल गरे भने ओसमान डेम्बेलेले एक गोल थपे।
देशका लागि आफ्नो १००औँ खेल खेलिरहेका एमबाप्पेले १४औँ मिनेटमा गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफ समाप्त भएपछि खराब मौसमका कारण खेल करिब साढे दुई घण्टा स्थगित गरिएको थियो।
मौसममा सुधार आएपछि पुनः सुरु भएको खेलको दोस्रो हाफमा पनि फ्रान्सले दबाब कायम राख्यो। ५४औँ मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।
त्यसपछि ६६औँ मिनेटमा डेम्बेलेले गोल गर्दै फ्रान्सको ३–० को सहज जित सुनिश्चित गरे। डेम्बेलेको कुनै पनि ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितामा यो पहिलो गोल हो।
यसअघि पहिलो खेलमा फ्रान्सले सेनेगललाई पराजित गरेको थियो। यता, पहिलो खेलमा नर्वेसँग पराजित भएको इराकले लगातार दोस्रो हार बेहोर्दै समूह चरणबाटै बाहिरिएको छ।