सम्पत्ति शुद्धीकरण मुद्दा : एमाले उपाध्यक्ष विष्णु पौडेल ७ दिन हिरासतमा

1.3k Shares

काठमाडौँ ।अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा थप अनुसन्धान आवश्यक देखिएको भन्दै सम्बन्धित निकायको अनुरोधमा अदालतले उक्त अनुमति दिएको हो।

अनुसन्धानका क्रममा पौडेलसँग सम्बन्धित आर्थिक कारोबार, सेयर लगानी तथा सम्पत्तिको स्रोतबारे सोधपुछ भइरहेको बताइएको छ। अनुसन्धान पूरा भएपछि कानुनी प्रक्रिया अनुसार थप निर्णय गरिने जनाइएको छ।

सम्बन्धित समाचार