बुडिमिरको निर्णायक गोलमा पानामामाथि क्रोएसियाको जित, नकआउट सम्भावना कायम
2.4k
Shares
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत क्रोएसियाले पानामालाई १–० गोलअन्तरले पराजित गर्दै नकआउट चरणमा पुग्ने सम्भावना कायम राखेको छ। क्यानडाको टोरन्टो स्टेडियममा बुधबार बिहान सम्पन्न खेलमा एन्टे बुडिमिरले गरेको एक मात्र गोल क्रोएसियाको जितका लागि पर्याप्त बन्यो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा बुडिमिरले ५३ औँ मिनेटमा जोसिप स्टानिसिचको पासलाई सदुपयोग गर्दै निर्णायक गोल गरेका थिए।
त्यसपछि दुवै टोलीले थप गोलका लागि प्रयास गरे पनि स्कोरमा कुनै परिवर्तन आएन र क्रोएसियाले महत्वपूर्ण तीन अंक हात पार्यो।
पहिलो खेलमा इङ्ल्यान्डसँग ४–२ ले पराजित भएको क्रोएसियाले दोस्रो खेलमा जित निकाल्दै तीन अंक जोडेको छ। यससँगै टोलीको अन्तिम ३२ अर्थात् नकआउट चरणमा पुग्ने सम्भावना जीवित रहेको छ।
यता, लगातार दोस्रो हार बेहोरेको पानामा भने प्रतियोगिताबाट बाहिरिएको छ। पानामा आफ्नो पहिलो खेलमा घानासँग १–० गोलअन्तरले पराजित भएको थियो।
समूह चरणको अन्तिम खेलमा क्रोएसियाले घानाको सामना गर्नेछ भने पानामाले इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।