बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

1.4k Shares

नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) क्षेत्रमा दुई सातादेखि वर्षा नहुँदा खडेरी बढेको छ। अत्यधिक गर्मी र पानी अभावका कारण धानखेतमा रोपिएका बिरुवा सुक्न थालेपछि किसान चिन्तित बनेका छन्।

वर्षा नहुँदा खेतबारीमा चिरा पर्न थालेका छन् भने सिँचाइका स्रोतहरू समेत सुक्दै गएका छन्। खानेपानीको समस्या समेत बढ्दै जाँदा स्थानीय बासिन्दाले दैनिक जीवनमा कठिनाइ भोगिरहेका छन्।

कृषि तथा स्थानीय सरोकारवालाले समयमै वर्षा नभए धान उत्पादनमा ठूलो असर पर्ने चेतावनी दिएका छन्। किसानहरूले मनसुन सक्रिय भई छिट्टै वर्षा हुने आशा गरेका छन्, जसले खेतीपाती र खानेपानीको संकट समाधान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार