फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’ को अन्तिम खेलमा इक्वेडरले जर्मनीमाथि २–१ को रोमाञ्चक पुनरागमन जित निकाल्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।
खेलको दोस्रो मिनेटमै लेरोय सानेले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए। तर, त्यसको सात मिनेटपछि निल्सन एङ्गुलोले उत्कृष्ट प्रहारमार्फत बराबरी गोल फर्काउँदै इक्वेडरलाई खेलमा फर्काए।
पहिलो हाफ १–१ को बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा दुवै टोलीले आक्रामक प्रदर्शन गरे। खेलको ७८औँ मिनेटमा गोन्जालो प्लाटाले निर्णायक गोल गर्दै इक्वेडरलाई २–१ को अग्रता दिलाए, जुन अन्तिमसम्म कायम रह्यो।
जितसँगै इक्वेडर उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीमध्ये एक बन्दै अन्तिम ३२ मा प्रवेश गरेको छ। यसअघि लगातार दुई खेलमा गोल गर्न नसकेको इक्वेडरले निर्णायक खेलमा उत्कृष्ट पुनरागमन गर्दै विश्वकप यात्रालाई निरन्तरता दिएको हो।
पराजय बेहोरे पनि जर्मनी भने समूह विजेताका रूपमा नकआउट चरणमा पुगिसकेको थियो। प्रतियोगितामा पहिलो हार व्यहोरेको जर्मनीले अब अन्तिम ३२ को खेलमा आफ्नो अभियान अघि बढाउनेछ।