सुनको मूल्य बढ्यो, चाँदी सस्तो भयो

2.8k Shares

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेर दुई लाख ७९ हजार १०० रुपैयाँ पुगेको छ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले घटेर चार हजार १८० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।

यसअघि बिहीबार सुन प्रतितोला दुई लाख ७८ हजार ३०० रुपैयाँ र चाँदी चार हजार २३५ रुपैयाँमा कारोबार भएको थियो। बुधबार सुनको मूल्य दुई लाख ८३ हजार ५०० रुपैयाँ तथा चाँदी चार हजार ४८५ रुपैयाँ पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस चार हजार २२ अमेरिकी डलर र चाँदी प्रतिऔँस ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

सम्बन्धित समाचार