सिफलमा डण्डिबियो, छेलो हान्ने, घैँटो फोर र बाघचालका प्रतिस्पर्धा सुरु

1.5k Shares

काठमाडौं । नेपाली मौलिक तथा परम्परागत खेलको संरक्षण, संवर्द्धन तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले आयोजित प्रथम मौलिक तथा परम्परागत खेलकुद प्रतियोगिता–२०८३ अन्तर्गत विभिन्न विधाका प्रतिस्पर्धा सुरु भएका छन् ।

नेपाल अल स्पोर्ट्स हबको आयोजनामा भइरहेको प्रतियोगितामा डण्डिबियो, छेलो हान्ने, घैँटो फोर र बाघचाल खेलका प्रतिस्पर्धा सञ्चालन भइरहेका छन् । प्रतियोगितामा विभिन्न क्षेत्रका खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिता आज सम्पन्न हुने आयोजकले जनाएको छ। प्रतियोगितामार्फत लोपोन्मुख अवस्थामा रहेका नेपाली मौलिक तथा परम्परागत खेलको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणमा टेवा पुग्ने विश्वास लिइएको छ ।

आयोजकका अनुसार यस्ता प्रतियोगिताले युवापुस्तालाई आफ्नै मौलिक खेल संस्कृतिसँग परिचित गराउनुका साथै परम्परागत खेलप्रति आकर्षण बढाउन र नेपाली खेल सम्पदाको जगेर्ना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार