प्रतिनिधिसभा बैठकमा फेरि विपक्षीको अवरोध

1.1k Shares

काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा पनि विपक्षी दलहरूले विरोधलाई निरन्तरता दिएका छन् । सभामुख डीपी अर्यालले बैठकको कारबाही अघि बढाउनासाथ विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका हुन् ।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी र श्रम संस्कृति पार्टीका सांसदहरूले विरोध जनाउँदै बैठकको कारबाही अवरुद्ध पारे।

विपक्षी दलहरूले गत जेठ १७ गते प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएको भन्दै त्यसलाई संसद्बाट सच्याउन र संसद्को अभिलेख (रेकर्ड)बाट हटाउन माग गर्दै आएका छन् ।

सोही माग पूरा नभएसम्म विरोध जारी रहने उनीहरूको अडान छ ।

 
सम्बन्धित समाचार