अभिमुखीकरणमा सांसद अनुपस्थित, सभामुखको असन्तुष्टि

1.8k Shares

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डीपी अर्यालले संसदीय अभिमुखीकरण कार्यक्रममा सांसदहरूको न्यून उपस्थितिप्रति असन्तुष्टि जनाउनुभएको छ ।

सोमबार आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै सभामुख अर्यालले सांसदहरूको प्रत्येक गतिविधि जनताले सूक्ष्म रूपमा नियालिरहेको बताउनुभयो ।

जनप्रतिनिधिको व्यवहार, कार्यसम्पादन र जिम्मेवारीप्रति नागरिकले निरन्तर मूल्याङ्कन गरिरहेको उल्लेख गर्दै उहाँले संसद्को गरिमा कायम राख्ने गरी भूमिका निर्वाह गर्न सांसदहरूलाई आग्रह गर्नुभयो।

सभामुख अर्यालले अभिमुखीकरणजस्ता कार्यक्रमले संसदीय अभ्यास, नियम र जिम्मेवारीबारे स्पष्ट बुझ्न सहयोग गर्ने भएकाले यस्ता कार्यक्रममा सबै सांसदको अनिवार्य सहभागिता आवश्यक रहेको बताउनुभयो।

उहाँले संसद्को प्रभावकारिता सांसदहरूको अनुशासन, सक्रियता र जिम्मेवारीबोधसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै जनअपेक्षाअनुसार काम गर्न सबैलाई सचेत गराउनुभयो। साथै, संसद्भित्र र बाहिरका गतिविधिमा जिम्मेवार र मर्यादित व्यवहार प्रदर्शन गर्न पनि उहाँले आग्रह गर्नुभयो।

 
 
सम्बन्धित समाचार