विश्वकपको अन्तिम १६ रोमाञ्चक, फ्रान्स र मोरक्को क्वार्टरफाइनलमा

13.5k Shares

काठमाडौँ । २०२६ फिफा विश्वकपको नकआउट चरण रोमाञ्चक बन्दै गएको छ। अन्तिम १६ अन्तर्गतका खेल जारी रहँदा फ्रान्स र मोरक्कोले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका छन् भने बाँकी ६ स्थानका लागि प्रतिस्पर्धा जारी छ ।

मोरक्कोले क्यानडालाई ३–० ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो । अफ्रिकी टोली मोरक्कोले सन्तुलित प्रदर्शन गर्दै सहज जित निकालेको थियो ।

यता फ्रान्सले पाराग्वेमाथि १–० को कठिन जित निकाल्दै क्वार्टरफाइनल यात्रा तय गरेको छ। साविक विजेता फ्रान्स अब अन्तिम चारमा पुग्ने लक्ष्यका साथ मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ ।

यसअघि क्वार्टरफाइनलमा स्थान बनाउन पोर्चुगल, स्पेन, ब्राजिल, नर्वे, अर्जेन्टिना, इजिप्ट, इङ्ग्ल्यान्ड, मेक्सिको, अमेरिका, बेल्जियम, स्विट्जरल्यान्ड र कोलम्बियाले अन्तिम १६ का खेल खेल्न बाँकी छ । यी खेलका विजेताले अन्तिम आठमा स्थान बनाउनेछन्।

अन्तिम १६ अन्तर्गत ब्राजिल–नर्वे, मेक्सिको–इङ्ग्ल्यान्ड, पोर्चुगल–स्पेन, अमेरिका–बेल्जियम, अर्जेन्टिना–इजिप्ट तथा स्विट्जरल्यान्ड–कोलम्बियाबीच प्रतिस्पर्धा हुनेछ ।

नकआउट चरणमा एक हारसँगै टोलीको विश्वकप यात्रा समाप्त हुने भएकाले बाँकी खेलहरू थप प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। क्वार्टरफाइनल पुग्ने बाँकी टोलीको टुंगो यी खेलबाट लाग्नेछ ।

सम्बन्धित समाचार