काठमाडौं । फ्रान्सका कप्तान किलियन एमबाप्पे २०२६ फिफा विश्वकपमा सर्वाधिक गोलकर्ताको दौडमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीसँग संयुक्त रूपमा शीर्ष स्थानमा पुगेका छन् ।
नकआउट चरणको पछिल्लो खेलमा गोल गर्दै एमबाप्पेले प्रतियोगितामा आफ्नो सातौँ गोल पूरा गरेका हुन्। यससँगै उनले गोल्डेन बुटको प्रतिस्पर्धामा मेसीको बराबरी गरेका छन् । एमबाप्पेले पाँच खेलमा ७ गोलका साथै २ असिस्ट गरेका छन्। यता, मेसीले भने चार खेलमै ७ गोल गर्दै उत्कृष्ट लय कायम राखेका छन् ।
सर्वाधिक गोलकर्ताको सूचीमा नर्वेका अर्लिङ हालान्ड र इङ्ग्ल्यान्डका ह्यारी केन समान ५–५ गोलसहित तेस्रो स्थानमा छन्। हालान्डले तीन खेलमै ५ गोल गरेका छन् भने केनले चार खेलमा समान ५ गोल गरेका हुन् ।
यस्तै, फ्रान्सका ओसमान डेम्बेले, स्पेनका मिकेल ओयारजाबाल, ब्राजिलका भिनिसियस जुनियर र सेनेगलका इस्माइला सार समान ४–४ गोलसहित त्यसपछिका स्थानमा छन्। डेम्बेले र भिनिसियसले समान २–२ असिस्ट गरेका छन् भने ओयारजाबाल र सारको नाममा १–१ असिस्ट रहेको छ ।