जयवीरलाई सात दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरण विभागको पत्र

2k Shares

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई सात दिनभित्र बयानका लागि उपस्थित हुन पत्र जारी गरेको छ।

विभागले सोमबार बुढानीलकण्ठस्थित निवासमा पुगेर बयानका लागि उपस्थित हुनुपर्ने सूचना टाँस गरेको हो। पत्रमा जयवीर देउवामाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेकाले सात दिनभित्र विभागमा उपस्थित हुन भनिएको छ।

यसअघि विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवाविरुद्ध पनि अनुसन्धानका लागि पुर्जी जारी गरिसकेको थियो।

जयवीर देउवामाथि नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद र राहदानी (पासपोर्ट) छपाइ ठेक्कासम्बन्धी अनियमिततामा संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलगायत निकायमा उजुरी परेको छ । सोही उजुरीमाथिको अनुसन्धानका क्रममा विभागले बयानका लागि बोलाएको स्रोतले जनाएको छ।

सम्बन्धित समाचार