काठमाडौं । नेपालले भारत ‘ए’ टोलीसँग घरेलु मैदानमा टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) र भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)बीच भएको सहमतिअनुसार भारत ‘ए’ टोली नेपाल आएर शृंखला खेल्ने तयारी भएको हो।
अनुसार शृंखला कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना गर्ने तयारी गरिएको छ। दुवै बोर्डले खेल तालिका र मिति अन्तिम रूप दिने प्रक्रिया अघि बढाइरहेका छन्।
नेपालका लागि भारत ‘ए’ जस्तो बलियो टोलीसँगको शृंखला अन्तर्राष्ट्रिय स्तरको अनुभव बटुल्ने महत्वपूर्ण अवसर हुने अपेक्षा गरिएको छ। यसले आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा नेपाली टोलीलाई समेत फाइदा पुग्ने विश्वास गरिएको छ।
क्यानले पछिल्ला वर्षहरूमा घरेलु मैदानमा उच्चस्तरीय अन्तर्राष्ट्रिय शृंखला आयोजना गर्ने प्रयासलाई निरन्तरता दिँदै आएको छ। भारत ‘ए’ टोलीको नेपाल भ्रमणले नेपाली क्रिकेटप्रति दर्शकको आकर्षण अझ बढ्ने अपेक्षा गरिएको छ।