इजाजतपत्र नवीकरण नगर्ने ४४ निर्माण व्यवसायीको लाइसेन्स स्वतः खारेज

1.3k Shares

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले इजाजतपत्र नवीकरण नगर्ने ४४ वटा निर्माण व्यवसायी फर्म तथा कम्पनीको इजाजतपत्र स्वतः खारेज भएको जनाएको छ ।

मन्त्रालयअन्तर्गतको निर्माण व्यवसाय प्रवर्द्धन शाखाका अनुसार निर्माण व्यवसाय ऐन, २०५५ को दफा ५ को उपदफा (३) बमोजिम आर्थिक वर्ष २०८२/८३ का लागि २०८२ चैत मसान्तभित्र अनिवार्य रूपमा इजाजतपत्र नवीकरण गर्नुपर्ने व्यवस्था थियो । तर, तोकिएको अवधिभित्र नवीकरण नगरेका ४४ वटा निर्माण व्यवसायीको इजाजतपत्र स्वतः खारेज भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले निर्माण व्यवसाय ऐनको दफा ७ को उपदफा (३) बमोजिम इजाजतपत्र स्वतः खारेज भएको जानकारी गराएको हो । साथै, ऐनको दफा ७ को उपदफा (४) कार्यान्वयनका लागि मन्त्रालयका सचिवस्तरबाट असार १७ गते भएको निर्णयअनुसार सूचना प्रकाशित गरिएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार