एनपीएल अनुगमनका लागि तीन सदस्यीय समिति गठन

1.5k Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को अनुगमन तथा मूल्याङ्कनका लागि उपाध्यक्ष रोशन सिंहको नेतृत्वमा तीन सदस्यीय मोनिटरिङ समिति गठन गरेको छ । केही दिनअघि बसेको क्यान बोर्ड बैठकले उक्त निर्णय गरेको हो।

समितिमा क्यानका केन्द्रीय सदस्य प्रदीप मजगैंया र धीरेन्द्र साउँद सदस्य रहेका छन् । बोर्ड बैठकले समितिलाई एनपीएल–३ को समग्र सञ्चालनको अनुगमन तथा मूल्याङ्कन गर्ने जिम्मेवारी दिएको छ ।

क्यानका एक पदाधिकारीका अनुसार अघिल्ला दुई संस्करणमा देखिएका केही समस्या र विवादलाई ध्यानमा राख्दै यसपटक प्रतियोगितालाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन मोनिटरिङ समिति गठन गरिएको हो ।

यसअघि एनपीएलका दुई संस्करणमा आर्थिक पारदर्शितासम्बन्धी विषयलाई लिएर विवाद भएको थियो। उक्त विषयमा उजुरी परेपछि शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले समेत छानबिन प्रक्रिया अघि बढाएको थियो । क्यानले तेस्रो संस्करणमा त्यस्ता समस्या दोहोरिन नदिन अनुगमन संयन्त्रलाई सक्रिय बनाएको जनाएको छ ।

सम्बन्धित समाचार