लालबन्दीबाट राजधानीतर्फ अघि बढ्यो मिटरब्याजविरुद्धको मार्च

2k Shares

काठमाडौं । जनकपुरबाट असार २५ गते सुरु भएको मिटरब्याज पीडितहरूको पैदल न्याय मार्च चौथो दिन आइतबार सर्लाहीको लालबन्दीबाट काठमाडौंतर्फ अघि बढेको छ। आयोजकहरूले राज्यलाई आफ्ना मागप्रति गम्भीर बनाउन र विगतका सहमति कार्यान्वयन गराउन आन्दोलनलाई निरन्तरता दिइएको बताएका छन्।

मार्चमा सहभागी सयौँ पीडितले ‘चुपचाप तमसुक फाड’ र ‘अधिकार माग्न काठमाडौं जान पर्दैन’ लगायतका नारासहित प्लेकार्ड बोकेर यात्रा गरिरहेका छन्। उनीहरू दैनिक करिब २० देखि २६ किलोमिटर पैदल हिँड्दै राजधानीतर्फ अघि बढिरहेका छन्।

आयोजकहरूका अनुसार सरकारले मिटरब्याज पीडितसँग चारपटकसम्म सहमति गरे पनि ती कार्यान्वयन नभएकाले पुनः दबाब सिर्जना गर्न न्याय मार्च सुरु गरिएको हो। उनीहरूले आफ्नो आन्दोलन काठमाडौं नपुगेसम्म नरोकिने स्पष्ट पारेका छन्।

पीडितहरू करिब एक साताभित्र काठमाडौं पुग्ने लक्ष्यसहित यात्रा जारी राखेका छन्।

सम्बन्धित समाचार