काठमाडौंका सबै नाका खुले, नागढुंगामा भने लामो ट्राफिक जाम

1.2k Shares

काठमाडौं । काठमाडौं उपत्यकाका सबै प्रवेश तथा बाहिरिने नाका सञ्चालनमा आएपछि सवारी आवागमन सहज हुन थालेको छ। यद्यपि सबैभन्दा व्यस्त नागढुंगा–नौबिसे सडकखण्डमा भने सवारीको अत्यधिक चापका कारण लामो ट्राफिक जाम भएको छ।

यातायात सञ्चालन सामान्य बन्दै गएसँगै उपत्यकाभित्र र बाहिर जाने सवारीसाधनको आवागमन सुरु भए पनि नागढुंगा क्षेत्रमा यात्रुले घण्टौंसम्म जामको सास्ती खेप्नुपरेको छ। वर्षायाम, सडकको सीमित क्षमता र एकैपटक बढेको सवारी चापका कारण ट्राफिक व्यवस्थापनमा चुनौती देखिएको हो।

Gadi-zam-thankot-1-1024x683.jpg

ट्राफिक प्रहरीले जाम व्यवस्थापनका लागि अतिरिक्त जनशक्ति परिचालन गरी सवारी आवागमन सहज बनाउने प्रयास गरिरहेको जनाएको छ। सम्बन्धित निकायले अत्यावश्यकबाहेकका यात्रामा वैकल्पिक समय वा मार्ग अपनाउन पनि आग्रह गरेका छन्।

सम्बन्धित समाचार