प्रधानमन्त्री बालेन र रवि लामिछाने २० मिनेटमै संसदबाट बाहिरिए

1k Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने मंगलबारको प्रतिनिधिसभा बैठकबाट करिब २० मिनेटपछि बाहिरिएका छन् ।

एक्कासि संसद बैठकमा प्रवेश गरेका प्रधानमन्त्री शाह र लामिछाने केहीबेर बैठकमा बसेपछि बाहिरिएका हुन् । उनीहरू उपस्थित रहँदा विपक्षी दलका सांसदहरूले सरकारको कामकारबाही, जवाफदेहिता र विभिन्न समसामयिक विषयमा कडा आलोचना गरिरहेका थिए ।

प्रधानमन्त्री शाह गत जेठ १७ गतेको प्रतिनिधिसभा बैठकमा भएको प्रश्नोत्तर कार्यक्रममा सहभागी भएपछि पहिलोपटक संसदमा उपस्थित भएका हुन्। उक्त बैठकमा उनले ‘नेपालले पनि भारतको सीमा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएका थिए ।

Prime-minister-Balen-at-Parliament,2083-03-30-Nepal-photo-library-13-1784018285.jpg

त्यसपछि उनको उक्त भनाइलाई लिएर संसदमा तीव्र विवाद भएको थियो भने विपक्षी दलहरूले उक्त अभिव्यक्ति फिर्ता लिन र प्रधानमन्त्रीबाट स्पष्ट जवाफको माग गर्दै लगातार केही दिन प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका थिए ।

यसपटक भने प्रधानमन्त्री शाहले संसदमा छोटो समय मात्रै उपस्थिति जनाए । उनी र रास्वपा सभापति लामिछाने बैठकबाट बाहिरिएपछि पनि प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीअनुसार अघि बढेको थियो ।

 

सम्बन्धित समाचार