कतारका पूर्वअमिरको निधनमा शोक व्यक्त गर्न उपराष्ट्रपति यादव आज कतार जाँदै
1.4k
Shares
काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव आज (मंगलबार) दिउँसो ३ः३० बजे तीन दिने औपचारिक भ्रमणका लागि कतार प्रस्थान गर्दै हुनुहुन्छ।
परराष्ट्र मन्त्रालयका अनुसार कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकारका तर्फबाट शोक समवेदना व्यक्त गर्न उपराष्ट्रपति यादव कतार जान लाग्नुभएको हो।
भ्रमणका क्रममा उपराष्ट्रपति यादवले कतारका अमिर शेख तमिम बिन हमद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पठाइएको शोक सन्देश हस्तान्तरण गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।
उपराष्ट्रपतिसँग नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको प्रतिनिधिमण्डल पनि भ्रमणमा सहभागी रहनेछ। उहाँ असार ३२ गते स्वदेश फर्कने कार्यतालिका रहेको छ।