साउनको पहिलो सोमबार : पशुपतिनाथमा भक्तजनको बिहानैदेखि घुइँचो

1k Shares

काठमाडौं । साउन महिनाको पहिलो सोमबारका अवसरमा काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा बिहानैदेखि श्रद्धालु भक्तजनको उल्लेख्य घुइँचो लागेको छ ।

हिन्दु धर्मअनुसार साउन महिना भगवान् शिवलाई समर्पित मानिन्छ। विशेषगरी सोमबार शिवको प्रिय बार भएकाले यस दिन व्रत बस्ने, शुद्ध जल, दूध तथा बेलपत्र चढाएर पूजा–आराधना गर्ने परम्परा रहिआएको छ ।

धार्मिक विश्वासअनुसार साउन महिनाका सोमबार श्रद्धापूर्वक भगवान् शिवको पूजा–आराधना गरेमा मनोकामना पूरा हुने, पारिवारिक सुख–समृद्धि प्राप्त हुने तथा दाम्पत्य जीवनमा अटल सौभाग्य प्राप्त हुने जनविश्वास रहेको छ ।

साउनको पहिलो सोमबारका अवसरमा दर्शन तथा पूजाआजाका लागि देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिनाथ पुगेका छन् । मन्दिर परिसरमा दर्शनार्थीको व्यवस्थापनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ भने लामबद्ध रूपमा दर्शन गराउने व्यवस्था मिलाइएको छ ।

सम्बन्धित समाचार