स्पेनको विश्वकप जित र प्यालेस्टाइनप्रतिको समर्थनले गाजा उत्साहित

1.3k Shares

काठमाडौँ । फिफा विश्वकप २०२६ को उपाधि स्पेनले जितेपछि गाजा र ओगटिएको वेस्ट बैंकका विभिन्न क्षेत्रमा प्यालेस्टिनीहरूले भव्य रूपमा खुसीयाली मनाएका छन्। स्पेनको ऐतिहासिक जितसँगै प्यालेस्टाइनप्रति स्पेन सरकारले देखाएको समर्थनको सम्मानस्वरूप पनि उनीहरूले विजय उत्सव मनाएका हुन्।

विश्वकप फाइनल प्रत्यक्ष हेर्न गाजा र वेस्ट बैंकका विभिन्न स्थानमा अस्थायी ठूला स्क्रिनको व्यवस्था गरिएको थियो। खेलभरि स्पेनको समर्थनमा नाराबाजी र हुटिङ गरेका समर्थकहरू स्पेन च्याम्पियन बनेलगत्तै सडकमा ओर्लिएका थिए।

उनीहरूले एकअर्कालाई बधाई दिँदै झन्डा फहराएका थिए भने विभिन्न स्थानमा विजय उत्सव मनाइएको थियो। समर्थकहरूले स्पेनको उत्कृष्ट खेल प्रदर्शनसँगै पछिल्ला वर्षहरूमा प्यालेस्टाइनको सार्वभौमसत्ता र अधिकारका पक्षमा स्पेन सरकारले लिएको कूटनीतिक अडानप्रति पनि सम्मान व्यक्त गरेका थिए।

प्यालेस्टिनी समर्थकहरूका अनुसार स्पेनको विश्वकप जित केवल फुटबलको सफलता मात्र नभई उनीहरूको पक्षमा खुलेर समर्थन जनाउने मुलुकप्रतिको सम्मान र ऐक्यबद्धताको प्रतीकका रूपमा पनि मनाइएको हो।

सम्बन्धित समाचार