काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, आलु, प्याज, हरियो तरकारी, फलफूल, मसला तथा माछालगायतका वस्तुको मूल्य निर्धारण गरिएको हो।
समितिका अनुसार ठूलो नेपाली गोलभेँडा प्रतिकिलो ५० रुपैयाँ, सानो लोकल गोलभेँडा २० रुपैयाँ र टनेल गोलभेँडा ३५ रुपैयाँमा कारोबार भइरहेको छ। रातो आलु ३५ देखि ४८ रुपैयाँ प्रतिकिलो तथा भारतीय सुकेको प्याज ५७ रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।
तरकारीतर्फ स्थानीय गाजर १२० रुपैयाँ, तराईको गाजर १०० रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ, बन्दा ३० रुपैयाँ, लाम्चो भन्टा ५० रुपैयाँ, डल्लो भन्टा ६० रुपैयाँ, लौका ६० रुपैयाँ, भिन्डी ७० रुपैयाँ, घिउ सिमी १०० देखि १३० रुपैयाँ तथा रायो साग १३० रुपैयाँ प्रतिकिलो तोकिएको छ।
च्याउमध्ये कन्य च्याउ २६० रुपैयाँ, डल्ले च्याउ ४५० रुपैयाँ, राजा च्याउ ३२० रुपैयाँ तथा सिताके च्याउ १ हजार रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।
फलफूलतर्फ फुजी स्याउ ३०० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन ३०० रुपैयाँ, मालभोग केरा २०० रुपैयाँ, कागती २०० रुपैयाँ, अनार ५०० रुपैयाँ, मालदह र दशहरी आँप १८० रुपैयाँ, हरियो तरबुजा ७० रुपैयाँ तथा जुनार ३०० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।
त्यस्तै, स्थानीय नास्पाती ११० रुपैयाँ, नेपाली मेवा ९० रुपैयाँ, भारतीय मेवा १२० रुपैयाँ, काँचो नरिवल ८० रुपैयाँ र हरियो नरिवल १७० रुपैयाँ प्रतिकिलो तोकिएको छ।
मसलातर्फ अदुवा २३० रुपैयाँ, सुकेको खुर्सानी ५०० रुपैयाँ, हरियो लाम्चो खुर्सानी ६० रुपैयाँ, अकबरे खुर्सानी २५० रुपैयाँ, हरियो धनियाँ २०० रुपैयाँ तथा चाइनिज लसुन २३० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।
माछातर्फ सुकेको माछा प्रतिकिलो १ हजार रुपैयाँ, ताजा रहु माछा ३४० रुपैयाँ तथा बचुवा र छडी माछा प्रतिकिलो ३०० रुपैयाँमा कारोबार हुने समितिले जनाएको छ।
समितिले सार्वजनिक गरेको मूल्य अधिकतम थोक मूल्य भएकाले स्थान, गुणस्तर र माग–आपूर्तिका आधारमा खुद्रा बजारमा मूल्य फरक हुन सक्ने जनाएको छ।