1.3k
Shares
डा. मनोजकुमार शर्मा भारतको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन्। उनी भारतीय प्रधानन्यायाधीश सूर्य कान्तको मैत्रीपूर्ण निमन्त्रणामा साउन ७ गते भारत प्रस्थान गरेका थिए। भ्रमणका क्रममा उनले भारतको सर्वोच्च अदालतको अवलोकन, न्यायिक सहकार्यसम्बन्धी द्विपक्षीय भेटवार्ता तथा विभिन्न न्यायिक कार्यक्रममा सहभागिता जनाएका थिए।
प्रधानन्यायाधीश शर्मासँगै उनकी धर्मपत्नी उमा शर्मा र सर्वोच्च अदालतका सह–रजिष्ट्रार अमित उप्रेती पनि भ्रमण टोलीमा सहभागी थिए। सर्वोच्च अदालतले यसअघि नै उनको साउन ११ गते स्वदेश फर्कने कार्यतालिका सार्वजनिक गरेको थियो।