कालीमाटी बजारमा गोलभेँडा ५० र आलु ३५ रुपैयाँदेखि, आजको थोक मूल्य सार्वजनिक

1.8k Shares

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, आलु, प्याज, हरियो तरकारी, फलफूल तथा मसला बालीको मूल्य निर्धारण गरिएको समितिले जनाएको छ।

समितिका अनुसार ठूलो नेपाली गोलभेँडा प्रतिकिलो ५० रुपैयाँ, सानो टनेल गोलभेँडा ३० रुपैयाँ, रातो आलु (लाम्चो) ५२ रुपैयाँ, रातो आलु (गोलो) ५३ रुपैयाँ, रातो आलु (मुढे) ५३ रुपैयाँ, भारतीय रातो आलु ५७ रुपैयाँ, सेतो आलु ३५ रुपैयाँ तथा भारतीय सुकेको प्याज ५७ रुपैयाँ कायम गरिएको छ।

हरियो तरकारीतर्फ स्थानीय गाजर प्रतिकिलो ११० रुपैयाँ, तराईको गाजर ८० रुपैयाँ, स्थानीय बन्दा ३० रुपैयाँ, स्थानीय काउली १०० रुपैयाँ, रातो मूला ३० रुपैयाँ, सेतो हाइब्रिड मूला २० रुपैयाँ, लाम्चो भन्टा ५० रुपैयाँ र डल्लो भन्टा ६० रुपैयाँ निर्धारण गरिएको छ।

त्यस्तै बोडी तने ७० रुपैयाँ, मकै बोडी ९० रुपैयाँ, स्थानीय घिउ सिमी १२० रुपैयाँ, हाइब्रिड घिउ सिमी १०० रुपैयाँ, राजमा घिउ सिमी १५० रुपैयाँ, टाटे सिमी १२० रुपैयाँ, भटमास कोसा १०० रुपैयाँ, तीते करेला ७० रुपैयाँ, लौका ७० रुपैयाँ, परवर ७० रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, घिरौँला ६० रुपैयाँ, झिगुनी ७० रुपैयाँ, पाकेको फर्सी ६० रुपैयाँ, हरियो फर्सी ८० रुपैयाँ, भिन्डी ५० रुपैयाँ, सक्खरखण्ड १२० रुपैयाँ, पिँडालु १०० रुपैयाँ र स्कुस ७० रुपैयाँ तोकिएको छ।

सागपाततर्फ रायो र पालुङ्गो प्रतिकिलो २०० रुपैयाँ, तोरीको साग १५० रुपैयाँ, हरियो प्याज १५० रुपैयाँ, कन्य च्याउ २८० रुपैयाँ, डल्ले च्याउ ५०० रुपैयाँ, राजा च्याउ ३२० रुपैयाँ र सिताके च्याउ १ हजार रुपैयाँ निर्धारण गरिएको छ।

यसैगरी कुरिलो प्रतिकिलो ५०० रुपैयाँ, निगुरो १०० रुपैयाँ, ब्रोकाउली १२० रुपैयाँ, चुकन्दर ७० रुपैयाँ, रातो बन्दा ४० रुपैयाँ, सजिवन ३०० रुपैयाँ, जिरीको साग २०० रुपैयाँ, सेलरी २०० रुपैयाँ, पार्सले ५०० रुपैयाँ, सौफको साग २०० रुपैयाँ, पुदिना ४०० रुपैयाँ, गान्टेमूला २०० रुपैयाँ, इमली १८० रुपैयाँ, तामा १६० रुपैयाँ, तोफु १६० रुपैयाँ र गुन्द्रुक ३५० रुपैयाँ कायम गरिएको छ।

फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३०० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन ३०० रुपैयाँ, मालभोग केरा २०० रुपैयाँ, कागती १८० रुपैयाँ, अनार ५०० रुपैयाँ, मालदह र दशहरी आँप प्रतिकिलो २००–२०० रुपैयाँ, हरियो तरबुजा ७० रुपैयाँ, जुनार ३०० रुपैयाँ, भुइँकटहर प्रतिगोटा २०० रुपैयाँ, स्थानीय काँक्रो ५० रुपैयाँ, हाइब्रिड काँक्रो २० रुपैयाँ, लोकलक्रस काँक्रो ४० रुपैयाँ, स्थानीय नास्पाती ८० रुपैयाँ, नेपाली मेवा ९० रुपैयाँ, भारतीय मेवा १२० रुपैयाँ, लप्सी ६० रुपैयाँ, एभोकाडो ८०० रुपैयाँ, अमला २८० रुपैयाँ, काँचो नरिवल ८० रुपैयाँ र हरियो नरिवल १७० रुपैयाँ निर्धारण गरिएको छ।

मसला तथा अन्य कृषिउपजमा नेपाली ड्रागन फ्रुट प्रतिकिलो ४०० रुपैयाँ, अदुवा २३० रुपैयाँ, सुकेको खुर्सानी ५५० रुपैयाँ, लाम्चो हरियो खुर्सानी ९० रुपैयाँ, बुलेट खुर्सानी ८० रुपैयाँ, माछे खुर्सानी ७० रुपैयाँ, अकबरे खुर्सानी २०० रुपैयाँ, भेडे खुर्सानी १०० रुपैयाँ, हरियो लसुन १५० रुपैयाँ, हरियो धनियाँ ३५० रुपैयाँ, चाइनिज सुकेको लसुन २४० रुपैयाँ, नेपाली सुकेको लसुन २०० रुपैयाँ, सुकेको छ्यापी २०० रुपैयाँ, सुकेको माछा १ हजार रुपैयाँ, ताजा रहु माछा ३४० रुपैयाँ तथा बचुवा र छडी माछा प्रतिकिलो ३००–३०० रुपैयाँ तोकिएको समितिले जनाएको छ।

सम्बन्धित समाचार