ब्रोड पिक हिमपहिरो : हराएकामध्ये चार जनाको शव फेला, निर्मल पुर्जासहित ६ जना अझै बेपत्ता

3.3k Shares

काठमाडौँ । पाकिस्तानको ८,०५१ मिटर अग्लो ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा परेर हराएकामध्ये चार जनाको शव फेला परेको छ। बीबीसीका अनुसार बिहीबार दिउँसो आएको हिमपहिरोमा बेपत्ता भएका १० जनामध्ये पाकिस्तानका सोहेल सखी, चीनका वाङ झोङ, नेपालका पुरबहादुर गुरुङ र किली पेम्बा शेर्पाको शव उद्धार टोलीले फेला पारेको हो।

हिमपहिरोमा विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) सहित १० जना आरोही बेपत्ता भएका थिए। चार जनाको शव भेटिए पनि निर्मल पुर्जासहित अन्य ६ जनाको अवस्था अझै अज्ञात रहेको जनाइएको छ।

उद्धार टोलीले मौसम अनुकूल भएका बेला खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ। तर प्रतिकूल मौसम, उच्च हिमाली भूगोल र लगातार हिमपहिरोको जोखिमका कारण उद्धार अभियान चुनौतीपूर्ण बनेको अधिकारीहरूले बताएका छन्।

ब्रोड पिक विश्वको १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमालमध्ये एक हो। पाकिस्तानको काराकोरम हिमशृंखलामा अवस्थित यो हिमाल आरोहणका लागि प्रख्यात मानिन्छ। हाल हिमपहिरोमा बेपत्ता भएकाहरूको खोजी जारी रहेको छ।

सम्बन्धित समाचार