मिसाइल आक्रमणमा ज्यान गुमाएका तेह्रथुमका सोमकुमार तामाङको शव नेपाल ल्याइयो

21.4k Shares

काठमाडौँ । कुवेतमा इरानी मिसाइल आक्रमणमा ज्यान गुमाएका तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङको शव स्वदेश ल्याइएको छ। तामाङको शव रहेको कफिन शनिबार मध्यराति कुवेत एयरवेजको उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो। परिवारका सदस्य र सम्बन्धित निकायको समन्वयमा शव नेपाल ल्याइएको जनाइएको छ।

सन् २०२२ देखि कुवेतमा चालकका रूपमा कार्यरत तामाङको बिहीबार उत्तरी कुवेतस्थित एक चिनियाँ कम्पनीको भवनलाई लक्षित गरी इरानले गरेको मिसाइल आक्रमणका क्रममा मृत्यु भएको थियो।

पश्चिम एसियामा पछिल्लो समय चर्किएको द्वन्द्वका कारण ज्यान गुमाउने उनी दोस्रो नेपाली नागरिक हुन्। यसअघि संयुक्त अरब इमिरेट्स (यूएई) मा गोरखाका दिवस श्रेष्ठको पनि द्वन्द्वकै क्रममा मृत्यु भएको थियो।

पश्चिम एसियामा बढ्दो असुरक्षाबीच नेपाली श्रमिकहरूको सुरक्षाप्रति चिन्ता बढिरहेका बेला तामाङको शव स्वदेश फर्किएसँगै परिवार शोकमा डुबेको छ। सरकार र सम्बन्धित निकायले प्रभावित नेपालीहरूको अवस्थाबारे निगरानी तथा आवश्यक समन्वय गरिरहेको जनाएको छ।

1000511436-1785631053.jpg1000511426-1785631042.jpg1000511429-1785631048.jpg1000511435-1785631048.jpg

सम्बन्धित समाचार