काठमाडौं । पाकिस्तानको ब्रड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’प्रति राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलले भावुक श्रद्धाञ्जली व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनीहरूले निम्स दाइसँग फर्किएर भेट्ने वाचा अधुरै रहेको उल्लेख गर्दै उनको निधनले आफूहरूलाई अत्यन्त मर्माहत बनाएको बताएका छन्।
‘प्रिय निम्स, फर्किएर भेट्ने वाचा थियो। तर तिमी नफर्किने बाटो गएछौ। अब त केवल सम्झनाहरू मात्र बाँकी छन्। तिम्रो अनुपस्थितिले मन भारी भएको छ, तर तिमी र तिम्रो अदम्य साहस सम्झनाका रूपमा सधैं बाँचिरहनेछ। जहाँ भए पनि चिरशान्तिमा रहनू,’ उनीहरूले लेखेका छन्।
रवि र निकिताले ब्रड पिक दुर्घटनामा ज्यान गुमाएका अन्य सम्पूर्ण आरोहीहरूप्रति पनि भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार, आफन्त र शुभेच्छुकहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।