रोल्पामा बिहानै ४.४ म्याग्निच्युडको भूकम्प

3.8k Shares

काठमाडौँ । रोल्पा जिल्लाको इरिवाङ आसपास केन्द्रबिन्दु भएर सोमबार बिहान ३ः०७ बजे ४.४ म्याग्निच्युड (एमएल) को भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु रोल्पाको इरिवाङ आसपास रहेको थियो। केन्द्रले भूकम्प बिहान ३ः०७ बजे रेकर्ड भएको जनाएको छ।

भूकम्पपछि हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको सम्बन्धित निकायले जनाएको छ। प्रभावित क्षेत्रको अवस्थाबारे थप जानकारी संकलन भइरहेको छ।

नेपाल भूकम्पीय दृष्टिले संवेदनशील मुलुक भएकाले साना तथा मध्यम तीव्रताका भूकम्पहरू बेला–बेलामा महसुस हुने गरेका छन्। अधिकारीहरूले अनावश्यक अफवाहमा नलाग्न र आधिकारिक सूचनालाई मात्र आधार बनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

सम्बन्धित समाचार