विराटनगरका उद्योगी प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरी छापा

1.3k Shares

विराटनगर । विराटनगरस्थित व्यापारिक घराना देवनरा समूहका सञ्चालक तथा उद्योगी प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीले छापा मारेको छ। प्रहरीले अवैध कारोबार तथा कर छली भएको आशंकामा सोमबार बिहान करिब ४ बजेदेखि मुन्दडाको घर र देवनरा समूहको कार्यालय घेराउ गर्दै खोजतलास सुरु गरेको हो।

देवनरा समूह चाँदीको कारोबारका साथै बाबा आयल र हाइलाइफ चप्पल उद्योग सञ्चालन गर्दै आएको स्थापित व्यावसायिक समूह हो। प्रकाश मुन्दडा हाल नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशका उपाध्यक्षसमेत हुन्। प्रहरीले छापामारीपछि आवश्यक कागजात तथा अन्य सामग्रीको अनुसन्धान गरिरहेको जनाएको छ।

घटनाबारे प्रहरीले विस्तृत विवरण सार्वजनिक गरिसकेको छैन भने छापामारीको अन्तिम नतिजा र अनुसन्धानपछि थप तथ्य सार्वजनिक हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार