भलिबलका गतिविधि वर्षभरि, नेपालमै हुनेछन् तीन अन्तर्राष्ट्रिय प्रतियोगिता
1.7k
Shares
काठमाडौं । नेपाल भलिबल संघ (एनभीए) ले आर्थिक वर्ष २०८३/८४ का लागि आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै नेपालमै तीन वटा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ। साथै, संघ स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा स्वर्ण जयन्ती विशेष कार्यक्रमहरू पनि सञ्चालन गरिने जनाएको छ।
संघको १४औँ पूर्ण बैठकले स्वीकृत गरेको क्यालेन्डरअनुसार काभा महिला भलिबल लिग च्याम्पियनसिप कात्तिक १५ देखि २१ गतेसम्म नेपालमा हुनेछ।
यसबाहेक वर्षभरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न प्रतियोगिता, प्रशिक्षण र विकास कार्यक्रम सञ्चालन गरिने योजना पनि सार्वजनिक गरिएको छ।
एनभीएले आगामी १३औँ साधारणसभाको तयारीस्वरूप जिल्ला र प्रदेश संरचनाको पुनर्गठन गर्ने तथा असोज १५ गतेभित्र केन्द्रीय प्रतिनिधि चयन गर्ने निर्णयसमेत गरेको छ। सातै प्रदेशका लागि केन्द्रीय संयोजक तोकिएको र केन्द्रीय निर्वाचनको मिति पछि घोषणा गरिने संघले जनाएको छ।