कालीमाटीको थोक मूल्यसूची : गोलभेँडा ३५–७०, आलु ३५–५२ र प्याज ५७ रुपैयाँ प्रतिकिलो

995 Shares

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। आजको मूल्यसूचीअनुसार गोलभेँडा, आलु, प्याज, हरियो तरकारी, फलफूलदेखि माछासम्मका थोक मूल्य निर्धारण गरिएको छ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६० रुपैयाँ, ठूलो (भारतीय) ७० रुपैयाँ र सानो (टनेल) ३५ रुपैयाँ कायम गरिएको छ। आलु रातो (लाम्चो) ५१ रुपैयाँ, रातो (गोलो) र (मुढे) ५२–५२ रुपैयाँ, भारतीय आलु ३७ रुपैयाँ तथा सेतो आलु ३५ रुपैयाँ प्रतिकिलो तोकिएको छ। भारतीय सुकेको प्याज प्रतिकिलो ५७ रुपैयाँ रहेको छ।

हरियो तरकारीतर्फ स्थानीय गाजर १२० रुपैयाँ, तराई गाजर ८० रुपैयाँ, स्थानीय बन्दा ४० रुपैयाँ, स्थानीय काउली १०० रुपैयाँ, रातो मूला ३० रुपैयाँ, सेतो मूला १५ रुपैयाँ, लाम्चो भन्टा ५० रुपैयाँ र डल्लो भन्टा ६० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।

सिमी, बोडी, करेला, लौका, फर्सी, भिन्डीलगायत अधिकांश मौसमी तरकारीको थोक मूल्य प्रतिकिलो ३० देखि १०० रुपैयाँको बीचमा रहेको समितिले जनाएको छ। सागपाततर्फ रायो साग १५० रुपैयाँ, पालुङ्गो २५० रुपैयाँ, तोरीको साग १२० रुपैयाँ र हरियो प्याज २०० रुपैयाँ प्रतिकिलो तोकिएको छ। च्याउमध्ये कन्य च्याउ २८० रुपैयाँ, डल्ले च्याउ ५०० रुपैयाँ, राजा च्याउ ३३० रुपैयाँ तथा सिताके च्याउ प्रतिकिलो एक हजार रुपैयाँ कायम गरिएको छ।

फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३०० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन ३०० रुपैयाँ, मालभोग केरा २०० रुपैयाँ, कागती २०० रुपैयाँ, अनार ५०० रुपैयाँ, मालदह आँप २२० रुपैयाँ, चोसा आँप २०० रुपैयाँ, हरियो तरबुजा ७० रुपैयाँ, जुनार ३०० रुपैयाँ, स्थानीय नास्पाती र नेपाली मेवा ९०–९० रुपैयाँ तथा ड्रागन फ्रुट (नेपाली) ४०० रुपैयाँ प्रतिकिलो तोकिएको छ।

मसलातर्फ अदुवा प्रतिकिलो २३० रुपैयाँ, सुकेको खुर्सानी ५५० रुपैयाँ, हरियो खुर्सानी ८० देखि २०० रुपैयाँ, हरियो धनियाँ २०० रुपैयाँ, चाइनिज लसुन २४० रुपैयाँ र नेपाली लसुन २०० रुपैयाँ कायम गरिएको छ।

त्यस्तै, ताजा रहु माछा प्रतिकिलो ३४० रुपैयाँ तथा बचुवा र छडी माछा ३००–३०० रुपैयाँ निर्धारण गरिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।

सम्बन्धित समाचार