एकैदिन तोलामा ४ हजार २०० रुपैयाँ उक्लियो सुन, चाँदी पनि महँगियो

49.4k Shares

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य उल्लेखनीय रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ४ हजार २०० रुपैयाँले बढेर २ लाख ८८ हजार रुपैयाँ पुगेको छ।

मंगलबार प्रतितोला २ लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य एकैदिन उल्लेख्य वृद्धि भएको हो।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ९५ रुपैयाँले बढेको छ। बुधबार चाँदी ४ हजार ४७५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासङ्घले जनाएको छ। अघिल्लो कारोबार दिन चाँदीको मूल्य ४ हजार ३८० रुपैयाँ प्रतितोला थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्य उकालो लागिरहेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बुधबार सुनको मूल्य प्रतिऔँस ४ हजार १२७ अमेरिकी डलर र चाँदीको मूल्य प्रतिऔँस ६० अमेरिकी डलर कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्यवृद्धिको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरूले बताएका छन्।

सम्बन्धित समाचार