आजको विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर १५२.५० रुपैयाँमा बिक्री

1.9k Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ९० पैसा र बिक्रीदर १५२ रुपैयाँ ५० पैसा कायम गरिएको छ।

राष्ट्र बैंकका अनुसार युरो एकको खरिददर १७५ रुपैयाँ २६ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९५ पैसा निर्धारण गरिएको छ। त्यस्तै युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ ५७ पैसा र बिक्रीदर २०५ रुपैयाँ ३८ पैसा तथा स्विस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८८ रुपैयाँ ४० पैसा रहेको छ।

अन्य प्रमुख मुद्रातर्फ अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ०१ पैसा, क्यानेडियन डलर १०७ रुपैयाँ ९९ पैसा र सिङ्गापुर डलर ११८ रुपैयाँ ४७ पैसा कायम भएको छ। यी मुद्राको बिक्रीदर क्रमशः १०७ रुपैयाँ ४४ पैसा, १०८ रुपैयाँ ४२ पैसा र ११८ रुपैयाँ ९४ पैसा तोकिएको छ।

यसैगरी जापानी येन (१०) को खरिददर ९ रुपैयाँ ६३ पैसा, चिनियाँ युआन २२ रुपैयाँ ५१ पैसा, साउदी रियाल ४० रुपैयाँ ४५ पैसा र कतारी रियाल ४१ रुपैयाँ ६६ पैसा कायम गरिएको छ।

त्यस्तै थाई भाट एकको खरिददर ४ रुपैयाँ ५७ पैसा, युएई दिराम ४१ रुपैयाँ ३६ पैसा, मलेसियन रिङ्गेट ३७ रुपैयाँ ११ पैसा, दक्षिण कोरियाली वन (१००) १० रुपैयाँ ६६ पैसा, स्विडिस क्रोनर १५ रुपैयाँ ९४ पैसा र डेनिस क्रोनर २३ रुपैयाँ ४५ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।

त्यसैगरी हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३७ पैसा, कुवेती दिनार ४९४ रुपैयाँ ६३ पैसा, बहराइन दिनार ४०२ रुपैयाँ ८६ पैसा र ओमानी रियाल ३९४ रुपैयाँ ५३ पैसा कायम भएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर केही फरक हुन सक्ने भएकाले अद्यावधिक दर राष्ट्र बैंकको वेबसाइटमार्फत हेर्न सकिने जनाएको छ।

सम्बन्धित समाचार