आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

1.2k Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले निर्धारण गरेको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६६ पैसा कायम गरिएको छ।

युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४५ पैसा र बिक्रीदर १७६ रुपैयाँ १४ पैसा तोकिएको छ। त्यस्तै, बेलायती पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ६२ पैसा तथा बिक्रीदर २०५ रुपैयाँ ४३ पैसा रहेको छ। स्वीस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८८ रुपैयाँ ५७ पैसा निर्धारण गरिएको छ।

अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ०८ पैसा र बिक्रीदर १०७ रुपैयाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ५३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९६ पैसा, तथा सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ ६० पैसा र बिक्रीदर ११९ रुपैयाँ ०७ पैसा कायम गरिएको छ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९ रुपैयाँ ६७ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५३ पैसा र बिक्रीदर २२ रुपैयाँ ६२ पैसा तोकिएको छ। साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ४९ पैसा र बिक्रीदर ४० रुपैयाँ ६५ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८७ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकका अनुसार थाइ भाट एकको खरिददर ४ रुपैयाँ ६० पैसा र बिक्रीदर ४ रुपैयाँ ६२ पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४० पैसा र बिक्रीदर ४१ रुपैयाँ ५७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ १८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ।

यस्तै, दक्षिण कोरियाली वन १०० को खरिददर १० रुपैयाँ ६७ पैसा र बिक्रीदर १० रुपैयाँ ७२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १६ रुपैयाँ ११ पैसा, तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४७ पैसा र बिक्रीदर २३ रुपैयाँ ५६ पैसा तोकिएको छ।

हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३८ पैसा र बिक्रीदर १९ रुपैयाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर ४९५ रुपैयाँ १५ पैसा र बिक्रीदर ४९७ रुपैयाँ १० पैसा, बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ २९ पैसा र बिक्रीदर ४०४ रुपैयाँ ८८ पैसा, तथा ओमानी रियाल एकको खरिददर ३९४ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ५० पैसा कायम गरिएको छ।

त्यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।

नेपाल राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर केही फरक हुन सक्ने र अद्यावधिक दर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने जानकारी दिएको छ।

 
 
 
सम्बन्धित समाचार