ब्रोड पिकमा ज्यान गुमाएका पर्वतारोही पुरबहादुर गुरुङको स्वयम्भूमा अन्त्येष्टि

1.2k Shares

पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को शुक्रबार काठमाडौंमा धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको छ।

बिहीबार पाकिस्तानबाट नेपाल ल्याइएको उनको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि राखिएपछि स्वयम्भूबाट शवयात्रा निकालिएको थियो। त्यसपछि परिवारजन, आफन्त, शुभेच्छुक तथा पर्वतारोहण क्षेत्रका प्रतिनिधिहरूको उपस्थितिमा धार्मिक विधिअनुसार अन्त्येष्टि गरिएको हो।

अन्तिम श्रद्धाञ्जली कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ ले राष्ट्रिय झन्डा ओढाएर दिवंगत पर्वतारोहीप्रति सम्मान व्यक्त गरेका थिए। कार्यक्रममा पूर्व उपसभामुख इन्दिरा रानामगर, नेपाल पर्वतारोहण संघका पदाधिकारी, पर्वतारोही तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

गत साता पाकिस्तानको ब्रोड पिकमा आएको शक्तिशाली हिमपहिरोमा परी विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) सहित ६ नेपालीसहित १० जनाको ज्यान गएको थियो। उक्त घटनाले अन्तर्राष्ट्रिय पर्वतारोहण क्षेत्रमा गहिरो शोक छाएको छ।

पुरबहादुर गुरुङलाई अन्तिम बिदाइ दिँदै उपस्थितहरूले नेपालको पर्वतारोहण क्षेत्रमा उनले पुर्‍याएको योगदानको स्मरण गरेका थिए।

सम्बन्धित समाचार