काठमाडौं । आज देशभरको मौसम सामान्यतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका विभिन्न भू–भागमा वर्षाको सम्भावना रहेकाले यात्रा तथा दैनिक गतिविधिमा सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।
महाशाखाका अनुसार दिउँसो हिमाली भू–भागका केही स्थानमा मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ । पहाडी भू–भागका धेरै स्थानमा पनि मध्यमसम्म वर्षा हुन सक्नेछ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थान तथा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानमा मध्यमसम्म वर्षा हुने पूर्वानुमान गरिएको छ ।
त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग, कर्णाली प्रदेशको पहाडी भू–भाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
राति पनि देशभर सामान्यतया बदली रहनेछ । हिमाली भू–भागका केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
रातिको समयमा कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका धेरै स्थानमा मध्यमसम्म वर्षा हुन सक्नेछ । मधेश प्रदेश, कर्णालीको पहाडी भू–भाग तथा बागमती प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भाग तथा बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा राति भारी वर्षा हुन सक्नेछ ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा पहिरो, बाढी तथा सडक यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन् ।