काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार तरकारी तथा सागसब्जीको मूल्यमा वस्तु र प्रकारअनुसार फरक–फरक दर कायम गरिएको छ ।
गोलभेँडा ठूलो नेपालीको मूल्य प्रतिकिलो ६० रुपैयाँ तोकिएको छ भने भारतीय ठूलो गोलभेँडा ८० रुपैयाँ रहेको छ । सानो लोकल गोलभेँडा ४० रुपैयाँ र टनेलको ५८ रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ ।
आलु रातो लाम्चो ५१ रुपैयाँ, रातो गोलो र मुढे आलु ५२–५२ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ तथा सेतो आलु ३६ रुपैयाँ प्रतिकिलो रहेको छ । सुकेको भारतीय प्याजको मूल्य ५७ रुपैयाँ प्रतिकिलो तोकिएको छ ।
गाजर लोकलको मूल्य १२० रुपैयाँ र तराईको गाजर ८० रुपैयाँ प्रतिकिलो छ । बन्दा लोकल ३५ रुपैयाँ, स्थानीय काउली १२० रुपैयाँ, रातो मूला र हाइब्रिड सेतो मूला ३०–३० रुपैयाँ प्रतिकिलो रहेको समितिले जनाएको छ । लाम्चो भन्टा ५० रुपैयाँ र डल्लो भन्टा ७० रुपैयाँ प्रतिकिलो तोकिएको छ ।
हरियो तरकारीतर्फ बोडी तने ९० रुपैयाँ, मकै बोडी १०० रुपैयाँ, घिउ सिमी लोकल तथा हाइब्रिड १००–१०० रुपैयाँ, टाटे सिमी १०० रुपैयाँ र भटमास कोसा १०० रुपैयाँ प्रतिकिलो रहेको छ ।
त्यस्तै, तीते करेला र लौका ५०–५० रुपैयाँ, परवर लोकल तथा तराई ६०–६० रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, घिरौँला ४० रुपैयाँ, झिगुनी ६० रुपैयाँ, पाकेको फर्सी ६० रुपैयाँ, हरियो फर्सी डल्लो ५० रुपैयाँ, भिन्डी ५० रुपैयाँ, सखरखण्ड १२० रुपैयाँ, पिँडालु १०० रुपैयाँ र स्कुस ६० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ ।
सागमध्ये रायोसाग १५० रुपैयाँ, पालुङ्गो २५० रुपैयाँ, तोरीको साग १२० रुपैयाँ र हरियो प्याज २०० रुपैयाँ प्रतिकिलो रहेको छ ।
च्याउतर्फ कन्य च्याउ ३०० रुपैयाँ, डल्ले च्याउ ५०० रुपैयाँ, राजा च्याउ ३३० रुपैयाँ र सिताके च्याउ १ हजार रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ ।
विशेष प्रकृतिका तरकारी तथा कृषिउपजमा कुरिलो ५०० रुपैयाँ, निगुरो १०० रुपैयाँ, ब्रोकाउली १५० रुपैयाँ, चुकन्दर ७० रुपैयाँ, सजीवन ३०० रुपैयाँ, रातो बन्दा ४० रुपैयाँ र जिरीको साग ६०० रुपैयाँ प्रतिकिलो रहेको छ ।
त्यसैगरी सेलरी २५० रुपैयाँ, पार्सले १ हजार ५०० रुपैयाँ, सौफको साग १५० रुपैयाँ, पुदिना ५०० रुपैयाँ, गान्टेमूला १५० रुपैयाँ, इमली १८० रुपैयाँ, तामा १६० रुपैयाँ, तोफु १६० रुपैयाँ र गुन्द्रुक ३५० रुपैयाँ प्रतिकिलो अधिकतम थोक मूल्य तोकिएको छ ।
समितिले निर्धारण गरेको यो अधिकतम थोक मूल्य हो । खुद्रा बजारमा भने ढुवानी, पसल सञ्चालन खर्च तथा अन्य कारणले उपभोक्ताले तिर्नुपर्ने मूल्य फरक हुन सक्नेछ ।