रोल्पामा पहिरोले घरगोठ पुरिँदा दुईजनाको मृत्यु, १० जना बेपत्ता

1.4k Shares

रोल्पा । अविरल वर्षापछि आएको पहिरोले घर तथा गोठ पुरिँदा रोल्पामा दुईजनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन्। थबाङ गाउँपालिका–५ बोटलबारा क्षेत्रमा पहिरो जाँदा स्थानीय १८ वर्षीया शान्ति पुन मगर र ६० वर्षीय कमलबहादुर पुन मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। घटनामा २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर घाइते भएका छन्।

प्रहरीका अनुसार पहिरोमा परी छ घरका १० जना बेपत्ता भएको प्रारम्भिक अनुमान छ। बेपत्ताको खोजी तथा उद्धारका लागि प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको छ।

बुधबारदेखि लगातार परेको वर्षाका कारण पहिरो खसेर घर तथा गोठ पुरिएको हो। प्रहरी टोली गएराति नै घटनास्थल पुगेको थियो। पहिरोबाट छ घर तथा गोठमा क्षति पुगेको प्रारम्भिक विवरण प्रहरीले दिएको छ। घटनाको थप विवरण आउन बाँकी रहेको जनाइएको छ।

सम्बन्धित समाचार