भक्तपुरको सुकुमवासी होल्डिङ सेन्टरमा ५७ वर्षीय व्यक्ति मृत फेला

1.1k Shares

भक्तपुरको बोडेस्थित सुकुमवासी होल्डिङ सेन्टरमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार मृत फेला पर्नेमा ५७ वर्षीय हिरालाल पासवान रहेका छन्। उनी आफू बस्दै आएको कोठाको फ्यानमा सलको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेका हुन्।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा घटना आत्महत्यासँग सम्बन्धित देखिएको छ। घटनास्थलको मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि पठाउने तयारी गरिएको छ।

पासवान यसअघि थापाथलीस्थित सुकुमवासी बस्तीमा बस्दै आएका थिए। सरकारले उक्त बस्तीका टहरा हटाएपछि उनी पछिल्लो समय बोडेस्थित होल्डिङ सेन्टरमा बस्दै आएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 
 
 
सम्बन्धित समाचार