सुनको भाउ चुलिँदै, ९ दिनमा २२ हजार ९ सय रुपैयाँ बढ्यो

1.2k Shares

काठमाडौं । पछिल्लो केही दिनयता नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागेको छ । नौ दिनको अवधिमा सुनको मूल्य प्रतितोला २२ हजार ९ सय रुपैयाँले बढेको छ ।

सुनको मूल्यमा आएको निरन्तर वृद्धिले नेपाली बजारमा नयाँ–नयाँ उच्च मूल्य कायम हुँदै गएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भइरहेको उतारचढाव, अमेरिकी डलरको विनिमय दर तथा विश्व बजारमा लगानीकर्ताको आकर्षणलगायतका कारण नेपाली बजारमा पनि सुन महँगिएको व्यवसायीहरू बताउँछन् ।

सम्बन्धित समाचार