1.3k
Shares
धादिङ । काठमाडौं–मुग्लिन सडकखण्डअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–६ स्थित आठ किलोमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ ।
बिहीबार बिहान करिब २:१५ बजे पहिरो खसेपछि काठमाडौं भित्रिने र बाहिरिने दुवैतर्फका सवारीसाधन बीच सडकमै रोकिएका छन् । धादिङ प्रहरीले पहिरो पन्छाउन चार वटा उपकरण परिचालन गरिएको जनाएको छ । पहिरो हटाउने काम जारी रहेकाले केही समयपछि सडक सञ्चालनमा आउने प्रहरीको भनाइ छ ।
पहिरोका कारण सडक अवरुद्ध भएपछि यात्रु तथा चालकहरूलाई वैकल्पिक व्यवस्था नभएसम्म सोही स्थानमा सावधानीपूर्वक बस्न आग्रह गरिएको छ । वर्षायाममा सो सडकखण्डमा पटक–पटक पहिरो खस्दा यातायात प्रभावित हुँदै आएको छ ।