काठमाडौं । खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन नेपाल आयल निगमको समन्वयमा भोलि आइतबार काठमाडौं उपत्यकाका ७ स्थानबाट ग्यास बिक्री वितरण गरिने भएको छ।
निगमका अनुसार टेकुस्थित निगमको कार्यालय परिसर, पशु सेवा शाखा चपली, राधास्वामी कीर्तिपुर, तारकेश्वर नगरपालिका परिसर, नयाँबजार जुडो हल परिसर, चन्द्रागिरि नगरपालिका कार्यालय र राष्ट्रिय क्षयरोग केन्द्र ठिमीबाट ग्यास सिलिन्डर बिक्री गरिनेछ।
ग्यास बिक्री बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ। निगमले अत्यावश्यक परेका उपभोक्तालाई मात्र ग्यास लिन आउन आग्रह गरेको छ। ग्यास खरिद गर्न नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ।
यी स्थानमा उपलब्ध हुने ग्यास कम्पनीहरूको नामसमेत निगमले सार्वजनिक गरेको सूचनामा उल्लेख गरेको छ। पछिल्लो समय बजारमा एलपी ग्यासको आपूर्ति असहज बनेपछि उपभोक्तालाई प्रत्यक्ष रूपमा ग्यास उपलब्ध गराउने व्यवस्था गरिएको हो।
यसअघि पनि ग्यासको आपूर्ति व्यवस्थापनमा समस्या देखिँदा निगमले प्रत्यक्ष बिक्री तथा वितरणको व्यवस्था गर्दै आएको थियो। आपूर्ति प्रणालीमा संरचनागत समस्या रहेको र निजी ग्यास उद्योगहरूको भण्डारण क्षमता सीमित रहेको विषयमा उद्योग मन्त्रालयले समेत बताएको थियो।
ग्यास बिक्री हुने ७ स्थान: