छथर अध्यक्ष कपमा फुटबल र भलिबलका विजेतालाई लाखौँको पुरस्कार

1.3k Shares

तेह्रथुमको छथर गाउँपालिकामा आयोजना हुने सातौँ गाउँपालिका अध्यक्ष कपअन्तर्गत फुटबल र भलिबल प्रतियोगिताका विजेताले आकर्षक नगद पुरस्कार पाउने भएका छन्।

प्रतियोगितामा फुटबलतर्फ प्रथम हुने टोलीले ४ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने भलिबलतर्फको विजेताले २ लाख रुपैयाँ पुरस्कार पाउनेछ। प्रतियोगिताले स्थानीयस्तरमा खेलकुदको विकाससँगै प्रतिभावान् खेलाडी पहिचान र प्रोत्साहनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

गाउँपालिकाले प्रतियोगितालाई व्यवस्थित रूपमा सञ्चालन गर्ने तयारी गरेको जनाएको छ। प्रतियोगितामा विभिन्न टोलीको सहभागिता रहनेछ भने खेलमार्फत युवाको क्षमता विकास र स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने उद्देश्य राखिएको छ

सम्बन्धित समाचार