1.3k
Shares
काठमाडौँ । काठमाडौँ उपत्यकामा आज हालसम्मकै उच्च परिमाणमा खाना पकाउने एलपी ग्यास बिक्री भएको नेपाल आयल निगमले जनाएको छ।
निगमका अनुसार उपत्यकामा ग्यासको माग अत्यधिक बढेपछि आज बिक्रीले यसअघिका सबै रेकर्डलाई उछिनेको हो। पछिल्लो समय ग्यासको आपूर्ति तथा वितरणलाई सहज बनाउन निगमले विशेष व्यवस्थासमेत गर्दै आएको जनाएको छ।
ग्यासको माग बढ्नुका कारण बजारमा उपभोक्ताको चाप बढ्नु, मौज्दात राख्ने प्रवृत्ति तथा नियमित आपूर्तिप्रति उपभोक्ताको चासो लगायत हुन सक्ने निगमको भनाइ छ।
निगमले बजारमा ग्यासको अभाव हुन नदिन आपूर्ति व्यवस्थापनलाई प्राथमिकतामा राखिएको जनाएको छ। उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास मौज्दात नराख्नसमेत आग्रह गरिएको छ।